अस्थायी प्रहरी पोष्ट टुटुङ्गा पोखराको नव निर्मित भवन उद्‍घाटन कार्यक्रम सम्पन्न

5.93K
shares

पाेखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विकासराज खनालकाे प्रमुख आतिथ्यतामा अस्थायी प्रहरी पोष्ट टुटुङ्गा पोखराको नव निर्मित भवन उद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ।

कास्कीको पोखरा महानगरपालिका-१५ तल्लो नयाँगाउँ,अन्नपुर्ण मार्ग स्थितमा बनेको अस्थायी प्रहरी पोष्ट टुटुङ्गाको नवनिर्मित भवनको एक कार्यक्रमका बिच प्रहरी नायव महानिरीक्षक विकासराज खनालले उद्‍घाटन गर्नु भएको हाे ।

अस्थायी प्रहरी पोष्टको भवन पोखरा महानगरपालिका-१५ को वडा कार्यालय, स्थानिय आमा समूह, क्लव, संघसंस्था तथा व्यक्तिहरूको आर्थिक सहयोगमा निर्माण गरिएको भवन निर्माण समितीका अध्यक्ष शिव बहादुर बानियाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक विकासराज खनालले भौतिक पुर्वाधार बिना सुरक्षाको प्रत्याभुति दिलाउन कठिन रहने बताउँदै नवनिर्मित प्रहरी पोष्टले स्थानिय समाजको शान्ति सुरक्षामा अहम भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथी खनालले प्रहरी र नागरिकको एक आपसमा सहकार्य र सहयोग सुरक्षित समाज निर्माणका लागी अपरिहार्य रहेको उल्लेख गर्नुभएको थियो ।

उक्त कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष शिव बहादुर बानियाँकाे अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवण कुमार बि.क., पोखरा महानगरपालिका-१५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँ, पोखरा-१४ का वडा अध्यक्ष बोधराज कार्की लगायतको विषेश आतिथ्यता तथा स्थानिय जनप्रतिनिधी, विभिन्न आमा समूह, क्लव, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, स्थानिय भद्रभलाद्‍मी, बुद्दिजिवी, समाजसेवी लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083