सैनिक प्रहरी शिक्षार्थीहरुद्वारा उपत्यका प्रहरी कार्यालयको अबलोकन भ्रमण कार्यक्रम सम्पन्न
वि.सं.२०८० चैत २२ बिहीवार १४:२१
4.42K
shares
shares

काठमाडौ । नेपाली सेना सैनिक प्रहरी गण जंगी अड्डाका शिक्षार्थीहरुबाट काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको अबलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख प्रहरी नायव उपरीक्षक कोपिला चुडालद्वारा ७० जना शिक्षार्थीहरूलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको काम, कर्तव्य, अधिकार तथा अन्य समासामयिक विषयको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

साथै सैनिक प्रहरी शिक्षार्थीहरुलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालय परीसर भित्रका प्रहरी नियन्त्रण कक्ष (Control Room) र CCTV कक्षको समेत अवलोकन गराइएको थियो ।






























