नेपाल प्रहरीका एसएसपीको सरुवा : काठमाडौंमा रजौरे, अपराध कार्यालयमा भट्टराई

4.47K
shares

यसअघि उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए । यसैगरी परिसरको हालका प्रमुख भूपेन्द्र खत्रीको प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा सरुवा भएको छ ।

यसैगरी उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी सानुराम भट्टराईको सरुवा भएको छ । यसअघि अपराध अनुसन्धान कार्यालयमा सोमेन्द्र सिंह राठौर रहेको थिए । राठौरको राष्ट्रिय सुरक्षा परिषदमा सरुवा गरिएको छ ।

यस्तै कोशी प्रदेश तालिम निर्देशनालयका एसएसपी राजन अधिकारीलाई प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयको जिम्मेवारी दिइएको छ । त्यहाँ रहेका एसएसपी अभिनारायन काफ्लेलाई काेशी प्रदेश तालिम निर्देशनालयमा सरुवा भएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083