“नागरिक मैत्री सेवा तथा मानवअधिकार बिशेष तालिम” समापन कार्यक्रम सम्पन्न
वि.सं.२०८१ जेठ ११ शुक्रवार २२:०३
3.21K
shares
shares

झापा । जिल्ला प्रहरी कार्यालय झापाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी.को प्रमुख आतिथ्यतामा “नागरिक मैत्री सेवा तथा मानवअधिकार बिशेष तालिम” समापन कार्यक्रम सम्पन्न भएको छ ।
२०८१/०२/०६ गते देखी २०८१/०२/११ गते सम्म जिल्ला प्रहरी कार्यालय झापामा सञ्चालन भएको ५ कार्य दिन अवधिको प्र.ब.ह.र प्र.ह.रप्र.स.ह.रप्र.ज.लक्षित “नागरिक मैत्री सेवा तथा मानवअधिकार बिशेष तालिम” समापन समारोह कार्यक्रम आज सम्पन्न भएको हो ।

उपस्थित प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र बितरण गर्नुका साथै अमुल्य निर्देशन समेत दिनु भयो ।
उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।



































