एसएसपी वसन्त रजौरेको प्रमुख आथित्यतामा ‘शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ सम्पन्न

6.4K
shares

काठमाडौ । जिल्ला प्रहरी परिसर, काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेको प्रमुख आथित्यतामा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय प्रहरी साझेदारी अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, इचंगुनायणको आयोजनामा नागार्जुन नगरपालीका वडा नं. ३ स्थित पिपुल्स् फ्रेन्डसिप एकेडेमी स्कुलको प्राङ्गणमा सामुदायिक प्रहरी सेवा केन्द्र, इचंगुनायणको केन्द्रका अघ्यक्ष प्रताप दानीको सभापतित्वमा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

May be an image of 8 people, temple and text

उक्त कार्यक्रममा प्रहरी बृत्त स्वयम्भुका प्रहरी नायब उपरीक्षक पुर्णिमा चन्द, वडा नम्बर ३ का वडाध्यक्ष, सशस्त्र प्रहरी कार्यदलका प्रहरी निरीक्षक सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, अभिभावक समूह, संरक्षक, सल्लाहकार, बिभिन्न महिला समूहका पदाधिकारी एवम् प्रतिनिधि, टोलसुधार समितिका पदाधिकारी खानेपानी संस्थाका पदाधिकारी, स्थानीय एवम् सञ्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।

May be an image of 2 people, dais and text

May be an image of 8 people, flute, temple and text

May be an image of 1 person, smiling and text

May be an image of one or more people and text