नक्कली प्रमाणपत्रको आरोपमा शिक्षकविरुद्ध मुद्धा दायर
वि.सं.२०८१ जेठ २२ मंगलवार १७:२३
3.38K
shares
shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको श्री राष्ट्रिय प्राथमिक विद्यालयमा अनुदान कोटा (राहत) शिक्षक पदमा कार्यरत अशोक कुमार साहले नक्कली प्रमाणपत्रको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
अख्तियारले कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालय, कामेश्वरनगर दरभंगा, बिहार, भारतबाट नवीन उत्तर मध्यमा तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरेको अख्तियारको आरोप छ ।
उनी २०६९ कार्तिक २५ गतेदेखि लागू हुने गरी शिक्षक अनुदान कोटा (राहत) मा नियुक्ति लिई हालसम्म कार्यरत रहेको उल्लेख गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको जनाएको छ ।

















