‘सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ’ : रवि लामिछाने

3.13K
shares

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको गुनासो गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले धेरै सहकारी पीडितको वचत फिर्ता गराउन र सहकारी समस्याको समाधान गर्न आफूले पहल गरे पनि सहकारी ठगको ट्याग लगाइएको गुनासो गरेका हुन् ।

‘सहकारी पीडितहरुका लागि कयौं रिपोर्टहरु बनाइयो, कतिका लागि लडियो । कतिलाई जेल पठाइयो, कतिको पैसा फिर्ता लगाइयो । अहिले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ । मेरो भाग्य यस्तै छ’, उनले भने ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ ।

उपप्रधानमन्त्री लामिछानेले नागरिकताको विषयमा पनि आफूलाई अनावश्यक रुपमा आरोपित गरेको जिकिर गरे । ‘नागरिकताको विषयमा बिरोधीको कित्तामा उभ्याउने प्रयास गरियो । जबकी जीवनभर त्यसैको पक्षमा लडिरहेँ’, उनले भने ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083