डिएसपी शिवराज बुढाथोकीकाे प्रमुख आतिथ्यतामा “शान्ति सुरक्षा तथा असल अभिभाक अभिमुखीकरण कार्यक्रम” सम्पन्न

4.32K
shares

काठमाडौ । प्रहरी बृत्त नयाँ बानेश्वरका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीकाे प्रमुख आतिथ्यतामा “शान्ति सुरक्षा तथा असल अभिभाक अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ।

“समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत” प्रहरी बृत्त नयाँ बानेश्वर, सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर ३१ र भ्याली भ्यू स्कूलको ‍संयुक्त आयोजनामा शान्ति सुरक्षा तथा असल अभिभाक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हाे ।

डिएसपी शिवराज बुढाथोकीले बिद्युतिय उपकरणका माध्यमवाट हुने ठगी,साईवर अपराध,ब्यक्तिगत सुरक्षाका साथै बिद्यार्थीहरुलाई अपराधिक क्रियाकलापमा लाग्न नदिन अविभाबक तथा शिक्षक शिक्षिका र कर्मचारीहरूलाई सचेत रहन र बिद्यार्थीको भबिष्य प्रती सम्बेदनशील रहन आग्रह गर्नुहुदै आफ्नो टोल छिमेकमा जस्तोसुकै समस्या परेमा तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गर्नुभयो ।

जस्तोसुकै समस्या परी खवर गरेको खण्डमा संभव भएसम्म आफू स्वयम् उपस्थित हुने समेत उहाँले बताउनु भयो। त्यसै गरी सभाअध्यक्षले समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई स्थानिय नागरीक र बिद्यालयहरुमा यस्ता कार्यक्रमहरु अझ उत्साहपुर्वक संचालन गर्न प्रोत्साहन समेत गर्नु हुदै हामी शिक्षक,शिक्षिका र कर्मचारीहरु मिलेर प्रहरीहरुलाई आरोप होईन सहयोग गर्नु पर्छ भन्दै कार्यक्रम समापन गर्नु भएको थियाे । नेपाल प्रहरीद्धारा निर्मित जनचेतनामूलक भिडियो डकुमेन्ट्रि समेत प्रर्दशन कार्यक्रम सम्पन्न भएको थियाे ।

भ्याली भ्यू स्कूलका प्रधानाध्यापक शुबास चन्द्र भण्डारीको अध्यक्षतामा, कामपा. ३१ वडाका वडा अध्यक्ष सरोज ढकालको बिशेष आतिथ्यतामा, भ्याली भ्यू स्कूलका शिक्षक,शिक्षिका र अभिभावकहरुको उपस्थिति रहेको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083