प्रहरी कार्यालय दोलखाको सफलता : ७७ वर्षीय वृद्धको हत्या आरोपमा एकजना पक्राउ
वि.सं.२०८१ जेठ २५ शुक्रवार २१:५६
shares

दोलखा । दोलखा भिमेश्वरमा एक व्यक्तिको हत्या आरोपी काठमाडौंबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका–१ १ स्थायी बतन भइ हाल काठमाडौंको हाँडीगाउँ बस्ने वर्ष ५२ को गणेश घिमिरे रहेका हुन्।
जेठ २० भिमेश्वर नगरपालिका–१ सुष्पाक्षमावतीस्थित आफ्नै घर नजिकै मकैवारीमा वर्ष ७७ को झिलक बहादुर विश्वकर्माको शंकास्पद अवस्थामा शव फेला परेको थियो।
अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न रही फरार रहेका गणेश हाँडिगाउँ एरियामा लुकीछिपी बसिरहेको भन्ने जिल्ला प्रहरी कार्यालय चरीकोट दोलखाको पत्र प्रहरी वृत मालिगाउँमा प्राप्त भएको प्रहरीले जनाएको छ।
साथै प्रहरी वृत मालिगाउँको सहकार्यमा हत्यारा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) युवराज खड्काले बताए ।
उक्त घटनामा संलग्न रही फरार व्यक्तिको खोज तलास गर्ने क्रममा घिमिरेलाई यही जेठ २३ गते काठमाडौं महानगर–५ स्थित राधेश्याम जोशीको घरमा फेला पारी नियन्त्रणमा लिइएको थियो।































