प्रहरी उपरीक्षक दिलिप घिमिरेको प्रमुख आतिथ्यतामा ‘दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम’ सम्पन्न
वि.सं.२०८१ जेठ २७ आइतवार १९:३७
4.68K
shares
shares

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेको प्रमुख आतिथ्यतामा ‘दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम’ सम्पन्न भएको छ ।

जनपद प्रहरी समूहतर्फका प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा भएका प्रहरी कर्मचारीहरुलाई एसपी घिमिरेले दर्ज्यानि चिन्हद्धारा सुशोभन गरी बधाई, शुभकामना तथा निर्देशन दिनु भयो ।
सुशोभन कार्यक्रममा प्रहरी नायब उपरीक्षक एलिजा गिरी, निरीक्षक, सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

































