जिल्ला प्रहरी कार्यालय ललितपुरद्वारा जेष्ठ महिनाको उत्कृष्ट प्रहरी घोषणा

4.67K
shares

ललितपुर । जिल्ला प्रहरी कार्यलय ललितपुरले जेष्ठ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ ।
कार्यलय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शेखर खनालले प्रहरी चौकि मुड्खु काठमाण्डौं दरबन्दी भई हाल प्रहरी कार्यलय ललितपुरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार नारायण न्यौपानेलाई नगद पुरस्कार तथा प्रशंसा-पत्र प्रदान गर्नु भएको थियो ।

May be an image of 6 people and text

नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ एंव अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा राख्न सफल भएको हो ।

उक्त योगदानको उच्च कदर गर्दै नगद पुरस्कार तथा प्रशंसा(पत्र सहित प्रहरी वरिष्ठ हवल्दार नारायण न्यौपानेलाई २०८१ साल जेष्ठ महिनाको “Police of The Month” को घोषित गरि पुरस्कृत गरिएको हो ।

May be an image of 1 person and text