प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न
वि.सं.२०८१ असार २ आइतवार १९:१३
shares

भरतपुर । नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर २०८१/०२/१३ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा संचालित “महिला तथा बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान (जुनियर प्रहरी अधिकृत) १२ औँ समूह’’ को तालिम आज सम्पन्न भएको हाे । उहाँले तालिममा सहभागीहरूसँग अन्तरक्रिया समेत गर्नु भयाे ।

उक्त अवसरमा प्रमुख अतिथिले सहभागीहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो ।
साथै तालिम संयोजक प्रहरी नायव उपरीक्षक रामकृष्ण सापकोटाले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
















