गृहसचिव र दुई आईजीपी अमेरिका जाँदै
वि.सं.२०८१ असार ५ बुधवार १८:२९
3.32K
shares
shares

काठमाडौं । गृहसचिव एकनारायण अर्याल तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक अमेरिका भ्रमणमा जाने भएका छन् । आगामी १० असारमा उनीहरु अमेरिका जाने तय भएको छ ।
हरेक वर्ष आयोजना हुने विश्वका प्रहरी प्रमुखहरुको सम्मेलनमा सहभागी हुन गृहसचिव अर्यालसहित प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अमेरिका जान लागेका हुन् ।
गत वर्ष महानिरीक्षक कुँवरको अमेरिका भ्रमण तय भएपनि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा अन्तिम चरणमा पुगेकाले भ्रमण रोकिएको थियो । यसपटक गृहसचिव पनि जान लागेका हुन् ।
उनीहरुको भ्रमण एक साता लामो हुने गृह मन्त्रालयले जनाएको छ।






























