पोषराज पोखरेल एआईजीमा बढुवा सिफारिस
वि.सं.२०८१ असार १० सोमवार १३:३५
3K
shares
shares

काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआइजी) पोषराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
गृह मन्त्रालयले रिक्त अतिरिक्त महानिरीक्षक पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो।
आज बिहान बसेको बढुवा समितिको बैठकले उक्त निर्णय गरेको बढुवा समितिका सदस्य सचिव समेत रहेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिएका छन्।
एआइजी बढुवा समितिमा गृहमन्त्रालयका सचिव अध्यक्ष र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने छन्। प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ।






























