लागुऔषध दुरुपयोग विरुद्धको ३७ औँ अन्तर्राष्ट्रिय दिवसमा सिन्धुली प्रहरीद्धारा बृहत कार्यक्रम सम्पन्न

3.8K
shares

सिन्धुली । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको ३७ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा साताव्यापी जनचेतनामुलक कार्यक्रम आयोजना गरेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले बुधबार विशेष कार्यक्रम सञ्चालन गरी सम्पन्न गरेको छ ।

विश्वभर हरेक बर्षको जुन २६ मा मनाईने यस दिवसमा ‘म ड्रग्सको हिम्मत गर्दिनँ’ भन्ने प्रतिवद्धतामा हस्ताक्षर अभियान सञ्चालन भयो । ‘लागुऔषध दुरुपयोग विरुद्ध लडौं, रोकथाममा जोड दियौँ’ भन्ने नारासहितको ब्यानरसँगै बेलुन उडाईयो । लागुऔषध दुव्र्यसनमा फसेका कारण जेल जीवन विताइरहेका ‘जीत बहादुर’ को आत्माकथाले दर्शकलाई रुवायो । सिन्धुली कलाघरका अध्यक्ष सुमन आईडुले प्रस्तुत गर्नुभएको आत्माकथामा लागुऔषधको प्रयोग तथा अवैध ओसारपसार कार्यमा लाग्न नहुने सन्देश थियो । योसँगै लोपोन्मुख बाजागाजा र नृत्यले कार्यक्रमलाई भव्य बनायो ।

May be an image of 2 people, people studying and crowd

लागुऔषध दुरुपयोग नगरौँ, नगराऔँ भन्ने जनचेतना जगाउन सिन्धुलीमाडी बजारमा प्रभात फेरी कार्यक्रमको तयारी गरिए पनि मौसम प्रतिकुलल्ताका कारण हुन सकेन । तर, सात सय जनाको उपस्थितिमा भएका त्यी विविध कार्यक्रमले बढ्दो लागुऔषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणका गर्न सहयोग पुग्ने सरोकारवालाहरु बताउँछन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामाले लागुऔषध दुव्र्यसन नियन्त्रण गर्न सिन्धुली प्रहरीले गरेको प्रयास तथा सक्रियताको प्रसंशा गर्नुभयो । भन्नुभयो, “लागुऔषध दुव्र्यसन नियन्त्रण गर्ने सबैको जिम्मेवारी हो । प्रहरीको मात्रै होइन, प्रहरी मात्रैले सक्दैन ।”

उहाँले स्थानीय तहले नीति तथा कार्यक्रममा लागुऔषधको दुरुपयोग रोक्ने कार्यलाई प्राथमिकता दिएर काम गर्नु पर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय समिति उपप्रमुख शान्ता कार्कीले बालबालिकालाई नैतिक शिक्षामा जोड्न आग्रह गर्नुभयो । यसका लागि अभिभावक, समुदाय, राज्य सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुने उहाँको भनाई थियो ।

 

May be an image of 7 people and text

प्रमुख जिल्ला अधिकारी भरत खनालले अवैध लागुऔषधको कारोबारले अपराधको दर बढेर राष्ट्रिय सुरक्षामा नै गम्भिर चुनौति सिर्जना भएको बताउनुभयो । लागु औषधको उत्पादन, आसोरपसार र विक्री वितरणले समाजको स्थिरतालाई गम्भिर असर पुर्याएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
“लागुऔषध दुव्र्यसनलाई रोक्न नसक्दा समाजमा बहुयामीक असरहरु देखा परिरहेका छन् । लागुऔषध विरुद्ध सबै एकजुट भएर लड्ने समय आएको छ । सामुहिक प्रतिवद्धता जनाउने बेला आएको छ,” उहाँले भन्नुभयो ।

यसैगरी कार्यक्रमका अध्यक्ष तथा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले लागु पदार्थ दुव्र्यसनीबाट बच्न र बचाउन परिवार, समाज र देशले नै परिवेश बदल्न आवश्यक रहेको धारणा राख्नु भयो ।

जिल्लामा लागुऔषधका प्रयोगकर्तालाई उपचार तथा मनोसामाजिक परामर्शका साथै सामाजिक रुपमा पुनःस्थापना  गर्नका लागि सबै निकाय जिम्मेवार हुनु पर्नेमा जोड दिनुभयो ।

“पहिलो चरणमा जिल्लामा लागुऔषध दुव्र्यसनमा फसेकाहरुलाई उपचारात्मक तथा सुधारात्मक उपायबाट असल तथा सभ्य नागरिक बनाउन र समाजमा पुनःस्थापित गराउन सुधार तथा पुनःस्थापना केन्द्र सञ्चालन गर्न आवश्यक छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रहरी निरिक्षक सुनिल प्रसाद चौरासियाले लागुऔषधको प्रयोग, यसका असर र रोकथामका लागि अभिभावक तथा सरोकारवालाहरुको भूमिकाका बारेमा प्रष्ट्याउनु भएको थियो ।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले असार ६ गतेदेखि १२ गतेसम्म साताव्यापी विभिन्न गतिविधिहरु सञ्चालन गरेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083