एसएसपीद्वय श्रेष्ठ र आचार्यको अन्यायपूर्ण अवकाश

2.65K
shares

काठमाडौं । नेपाल प्रहरी अस्पतालमा कार्यरत दुई प्राविधिक वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) ले अनिवार्य अवकाश पाएका छन् ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाको प्रतिष्पर्धामा रहेका प्रहरी अस्पतालमा कार्यरत एसएसपीद्वय दीपक श्रेष्ठ र सुवास आचार्यले अनिवार्य अवकाश पाएका हुन् ।

५० दिनदेखि डीआईजी पद रिक्त रहे पनि समयमा सरकारले बढुवा प्रक्रिया अघि नबढाउँदा बढुवा नभइ उनीहरुले गए रातिदेखि अवकाश पाएका हुन् ।

६ वर्ष पूरा भएकाले एसएसपीको पदावधि अनुसार उनीहरु अवकाशमा गएका हुन् । उनीहरु १२ असार २०७५ मा एसएसपीमा बढुवा भएका थिए ।

प्रहरी अस्पतालमा डीआईजीका दुई पद रिक्त छन् । जसमा एसएसपी श्रेष्ठ र सुवास आचार्य बढुवाका दाबेदार थिए । श्रेष्ठ नेत्र रोग विशेषज्ञ हुन् भने आचार्य नाक, कान, घाँटी विशेषज्ञ हुन् ।

उनीहरुले डेढ महिनादेखि डीआईजीको दरबन्दी खाली राखेर प्रहरी नेतृत्वले आफूहरुको बढुवा नगरी अन्याय गरेको आरोप लगाएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083