“प्रहरी सहायक निरीक्षक आधारभुत (अल्पकालिन) २-१७५ औं समूह” को तालिम सम्पन्न

3.12K
shares

चितवन । नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार २०८१/०१/२५ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा संचालित “प्रहरी सहायक निरीक्षक आधारभुत (अल्पकालिन) तालिम २-१७५ औं समूह” को तालिम आज सम्पन्न भएको हो । डीआईजी लालमणि आचार्यले तालिममा सहभागीहरूसँग अन्तरक्रिया समेत गर्नु भएको थियो ।

May be an image of 2 people and people studying

उक्त अवसरमा प्रमुख अतिथिले सहभागीहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्दै प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो ।

साथै उक्त कार्यक्रममा उक्त शिक्षालयका उप-निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.लगायत सम्पूर्ण सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

May be an image of 4 people and text

May be an image of 4 people and text

May be an image of 4 people and text

May be an image of 4 people and clarinet


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083