जिल्ला प्रहरी परिसर काठमाडौंको सेवा प्रवाह भद्रकाली स्थिय नयाँ भवनबाट शुरु

8.11K
shares

काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौंको सेवा प्रवाह भद्रकाली स्थिय नयाँ भवनबाट शुरु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले केही बर्ष अघि देखि नेपाल आयल निगम केन्द्रिय कार्यालयको परिसरबाट सेवा प्रवाह गर्दै आइरहेको थियाे ।

नयाँ भवन निर्माण कार्य सम्पन्न भएकाले भद्रकाली स्थित भवनबाट आज देखि सम्पुर्ण सेवा प्रवाह सुचारु गरिएको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए।

साथै कार्यालयमा आउने सेवाग्राही र पत्राचार गर्दा समेत (नयाँ ठेगाना काठमाडाै महानगरपालिका वडा न.११ भद्रकाली ) मा गर्न सम्पुर्ण जिल्ला प्रहरी परिसर काठमाडौंले अनुरोध समेत गरेकाे एसपी अधिकारीले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083