प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीको महिला काण्ड छताछुल्ल (भिडियो सहित)

8.49K
shares

काठमाडौ । नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपक रेग्मीले बागलुङमा लगाएको पिरती र गर्लफ्रेन्डसँग गरेको भिडियो वार्ता छरपष्ट भएको छ । भिडियो कुराकानी बागलुङबाट सरुवा भएर पोखरा हिँड्ने अघिल्लो दिन राति भएको बुझिन्छ ।

बातैपिच्छे अश्लिल शब्द उच्चारण गर्दै रेग्मीको ती महिलासँग धेरै अघिदेखि अन्तरंग सम्बन्ध रहेको सो भिडियोबाट खुल्छ । महिलालाई ‘भाग्यमानी छु भन न’ भनेर उल्क्याएकोमा केटी साथी भन्छिन्, ‘अरुलाई थाहा नभए नि हामी दुईलाई थाहा छ । बिहे गरेर हुने भनेको पनि त्यही नै हो ।’

महिलाले चाहिँ संवादको क्रममा ‘यता यस्तो हुने रहेछ, त्यसैले उता बिग्रेको’ भनेकी छन् । यसबाट महिलाले पहिलो पतिसँग पारपाचुके गरेको बुझिन्छ । दुबैले रातको समय आ-आफ्नो बेडमा बसेर संवाद गरेको बुझिन्छ ।

महिलाले बागलुङमा बर्दीमै भेटेको पनि उल्लेख गरेकी छन् । सोही सन्दर्भमा एसएसपी रातको बेला कफी खान बोलाउँदै भन्छन्, ‘ल, कफी खान आइज भोलि !सिक हुन पाउँदिनस् । तँ सिक हुन्छेस् ।’

महिलाले जवाफ दिन्छिन् ‘म सिक हुन्न ।’

‘तँ एक्लै नआइज । छोरोलाई पनि लिएर नआइज । तेरो गार्जियन लिएर आइज,’ एसएसपीले भनेपछि महिलाले चुप्पा गर्दै जवाफ दिन्छन्, ‘बूढो भेट्न आउँदा नि गार्जियन लिएर आउँछ कोही ?’

‘तँ एक्लै नआइज । छोरोलाई पनि लिएर नआइज । तेरो गार्जियन लिएर आइज,’ एसएसपीले भनेपछि महिलाले चुप्पा गर्दै जवाफ दिन्छन्, ‘बूढो भेट्न आउँदा नि गार्जियन लिएर आउँछ कोही ?’

प्रहरी अधिकृतले आफूले आँखा नलगाउने खालको महिला लिएर आउन पनि भनेको सुनिन्छ । महिला भने आफू हुँदाहुँदै अरुलाई आँखा लगाउन नपाइने बताउँछिन् ।

वार्तालापको क्रममा रेग्मीले भेट एक महिनामा एक चोटी हुने तर त्यो भेट कडा हुने बताएका छन् । ‘राम्री भएर तयार हुनु’ उनको चाहनारुपी निर्देशन छ ।

गफै गफमा महिलाले पोखरामा अब एउटा ब्वाइफ्रेन्ड बनाउने कुरो गर्छिन् । रेग्मीले पनि आफूलाई अर्की एउटी गर्लफ्रेन्ड खोजिदिन अनुरोध गरेपछि महिलाले ‘मार्दिन्छु’ भन्छिन् र अरुसङ्ग लागेको थाहा पाएमा उनकै पेस्तोल थुतेर हान्ने चेतावनी दिन्छिन् ।

इमोसनल गफमा एसएसपीले महिलाको बहिनीलाई नै पट्याइदिने बताएका छन् । रेग्मीले अश्लिल शब्द बोलिरहँदा महिलाले ‘पट्याएको पट्यै’ भनेको सुनिन्छ ।

बिदाई कार्यक्रम सकेर भोलिपल्ट ११ बजे हिँड्ने जानकारी उनले दिएपछि भिडियोमा महिला रुँदै गरेको देखिन्छ । रेग्मी नरुन आग्रह गर्दै भन्छन्, ‘गल्ती तेरै हो । त्यो केही पनि होइन ।’

बलिन्द्रधारा आँशुु खसाले पनि महिला लामो समयसम्म बोल्दिनन् । रेग्मी भन्छन्, ‘यो विषयमा अब एकरत्ति केही हुँदैन ढुक्क हुनु,कुरो बुझिस् ?’

महिलाले थोपा थोपा मायाँ गर्ने गरेको पनि उनैले वार्तालापमा एकोहोरो बताएका छन् । अर्को एउटा भिडियोमा महिलाले आफू विदेश जाने,हरेक वर्ष यहाँ आउने उल्लेख गर्दै भनेकी छन्, ‘छोरोलाई होस्टेल हाल्ने कि के गर्नेमा तनाव छ ।’

श्रीमानसँगको सम्बन्ध राम्रो बनाउन एसएसपीले आग्रह गर्दा उनले ठाडै इन्कार गरेकी छन् । उसले डिप्रेसनको औषधि खाएको बताउँदै भन्छिन्, ‘यता दाँई अर्कैले हालेको छ ।’

एसएसपी दिपक रेग्मी हाल पोखरास्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत रहेका छन् ।

(भिडियो सहित)

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083