नेपाल प्रहरीका बक्सिङ तथा उसु खेलाडीहरूलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानद्धारा बधाई शुभकामना

3.63K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले भर्खरै सम्पन्न खेलकुद प्रतियोगिताहरूमा पदक प्राप्त गर्न सफल नेपाल प्रहरीका बक्सिङ तथा उसु खेलाडीहरूलाई एक कार्यक्रमका बीच बधाई तथा शुभकामना दिनु भएको छ ।

नेपाल बक्सिङ महासंघको आयोजनामा मिति २०८१/०३/१७ गतेदेखि २०८१/०३/२१ गतेसम्म त्रिपुरेश्‍वर स्थित राष्ट्रिय खेलकुद कभर्ड हलमा सञ्चालन भएको “चौथो प्रकाश दाहाल स्मृति खुल्ला राष्ट्रिय बक्सिङ प्रतियोगिता-२०८१” मा २ स्वर्ण, २ रजत र १ कास्य सहित कुल ५ पदक प्राप्‍त गरी नेपाल प्रहरी बक्सिङ टिम समग्रमा टिम तृतीय हुन सफल भएको थियो । साथै उक्त प्रतियोगितामा प्रहरी सहायक हवल्दार भुपेन्द्र थापा सर्वोत्कृष्ट खेलाडी घोषित हुन सफल भएका थिए ।

May be an image of 15 people, scooter, motorcycle and text

त्यसै गरी नेपाल उसु महासंघको आयोजनामा मिति २०८१र०३र१९ गतेदेखि मिति २०८१/०३/२१ गते सम्म त्रिपुरेश्‍वर स्थित नेपाल उसु महासंघको केन्द्रीय प्रशिक्षण केन्द्रमा सञ्चालन भएको “१६ औं राष्ट्रिय उसु प्रतियोगिता-२०८१” मा ६ स्वर्ण, ५ रजत र ७ कास्य सहित कुल १८ पदक प्राप्त गरी नेपाल प्रहरी उसु टिम समग्रमा द्वितीय स्थान हासिल गर्न सफल भएको थियो भने उसु खेलाडी निमा घर्ती मगर प्रतियोगिताको सर्वोत्कृष्ट महिला खेलाडी घोषित भएकी थिईन् ।

उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक राजन अधिकारी,प्रहरी बरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।