‘नागरिक सुनुवाई कार्यक्रम’ सम्पन्न

4.02K
shares

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष बिजय लामाको प्रमुख आतिथ्यतामा, प्रहरी वृत सातदोबाटोका कार्यालय कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक चित्र बहादुर भट्टराईको विशिष्ट आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

ूसमुदाय(प्रहरी साझेदारीू अवधारणा अन्तर्गत ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. १० लाँकुरीभञ्ज्याङ स्थित सामुदायीक भवन हलिचौरमा प्रहरी वृत्त सातदोबाटो ललितपुर, प्रहरी प्रभाग बाडेगाउँ र प्रहरी प्रभाग लाँकुरीभञ्ज्याङ ललितपुरको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

May be an image of 6 people and text

साथै नागरिक सुनुवाई कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्दै डीएसपी चित्र बहादुर भट्टराईले विपद व्यवस्थापन तथा शान्ती सुरक्षा कायम गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरी सुरक्षा व्यवस्था गर्ने कुरा बताउनु भयो । शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय(प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न अनुरोध गर्नुभयो ।

प्रहरी कर्मचारीले परिवर्तित समाजमा नागरिकलाई समायानुकुल व्यवहार गर्दै सुरक्षा प्रदान गरिने र लागू औषध दुर्व्यसनका घटनाहरू बढेकाले यस्ता घटनालाई न्यूनीकरण गर्न समुदाय स्तरमा नै जनचेतनामूलक कार्यक्रम गर्न र सूचना प्रदान गर्न सुझाव समेत दिनुभयो । त्यस्तै नागरिकबाट उठेका जिज्ञासाहरु प्रहरी प्रभाग बाडेगाउँका प्रहरी निरीक्षक अस्मिता कपाली साथै वडा नं. १० का वडा अध्यक्ष बिजय लामाले समेत सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नं. १० का जनप्रतिनिधिहरु, पुर्व जनप्रतिनिधिहरु,विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि, विभिन्न क्लब, आमा समूह, समाजसेवी, संचारकर्मी, टोल सुधार समितिका अध्यक्ष तथा प्रतिनिधिहरु, स्थानिय व्यवसायी, नागरिक समाज र ट्राफिक प्रहरीहरु लगाएतको उपस्थीति रहेको थियो ।

May be an image of 17 people


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083