६ गते विश्वासको मत लिने प्रधानमन्त्री ओलीको तयारी
वि.सं.२०८१ साउन २ बुधवार १६:१३
2.96K
shares
shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी थालेका छन् ।
गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले असार ३१ गते शपथ ग्रहण गरेर पद सम्हालेका थिए ।
‘प्रधानमन्त्रीज्यूले साउन ६ गते आइतबार विश्वासको मत लिने निर्णय भएको छ’, ओली निकट स्रोतले भन्यो, ‘त्यसका लागि प्रधानमन्त्रीका तर्फबाट संसद्का महासचिवलाई औपचारिक पत्र पठाइँदैछ ।’
पत्र पठाउनुअघि प्रधानमन्त्री ओलीले आगामी आइतबार विश्वासको मत लिनेबारे सभामुख देवराज घिमिरेसँग मौखिक जानकारी गराएका थिए ।






























