कोशी प्रदेश प्रहरी कार्यालयद्वारा बार्षिक कार्य प्रगति विवरण सार्वजनिक

4.52K
shares

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आर्थिक बर्ष २०८०/०८१ को बार्षिक कार्य प्रगति विवरण प्रत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रमका वीच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहानिरीक्षक चन्द्र कुबेर खापुङको प्रमुख आतिथ्यतामा बार्षिक कार्य प्रगति विवरण सार्वजनिकीकरण भएको हो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले कोशी प्रदेश प्रहरी कार्यालयले १ बर्षको अवधिमा गरेका सफल अनुसन्धान, अपराध नियन्त्रण तथा अनुसन्धान, विपद व्यवस्थापन, ट्राफिक व्यवस्थापन, सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएका सचेतनामुलक कार्यक्रम लगायत प्रहरीले गरेका नविनतम कार्यहरुको विवरण प्रस्तुत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा उपस्थित संचारकर्मीहरुबाट उठेका जिज्ञासाहरुको प्रदेश प्रहरी प्रमुख खापुङले सम्वोधन गर्नु भएको थियो । डिआईजी चन्द्रकुवेर खापुङका अनुसार बढ्दो जनसङ्ख्यासँगै अपराध पनि बढेको देखिएको छ । ‘मानिसहरूका महत्त्वाकांक्षा बढ्दै जान्छन्, सहजै पैसा कमाउने झोक चल्छ, अनि विभिन्न खालका आपराधिक बाटो समाएर अघि बढ्नेहरूका कारण आपराधिक घटना बढेका हुन्,’ उनले भने ।

उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अवि नारायण काफ्ले, सिनियर प्रहरी अधिकृतहरु तथा बिभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083