एसपी महेन्द्र खड्काको प्रमुख आतिथ्यतामा “बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न”

5.2K
shares

बारा । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्काको प्रमुख आतिथ्यतामा “ बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न” भएको छ ।

जिल्ला प्रहरी कार्यालय बारा, कलैयामा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपाने अपराध अनुसन्धान विद्यालय महराजगंज, काठमाण्डौमा काज सरूवा भएका हुन् ।

बिदाई हुन लाग्नु भएका डिएसपी दधिराम न्यौपानेलाई प्रहरी उपरीक्षक महेन्द्र खड्काद्वारा टिका लगाई मायाको चिन्ह प्रदान गरी खादा ओढाई “फेरी भेटौला कार्यक्रम” सम्पन्न भएको थियो ।

उत्त कार्यक्रममा सिनियर जुनियर प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083