जुवा खेल्दै गरेका ९ जना १० लाखसहित पक्राउ

2.78K
shares

काठमाडौं । जुवातास खेलेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ ९ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरूलाई काठमाडौंको चुनदेबीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बूढानीलकण्ठ नगरपालिका-५ बस्ने २१ वर्षीय करिब देउला, सिन्धुपाल्चोकका ४६ वर्षीय अशोक लामा, ताप्लेजुङ घर भएका ३८ वर्षीय नारायण लाबुङ, काठमाडौं बसन्तपुरका २१ वर्षीय निलेश महर्जन, काठमाडौंकै ४५ वर्षीय राजेश श्रेष्ठ, बुढानिकण्ठकी ३३ वर्षीया सरिता देउला, काठमाडौं डल्लुका ४८ वर्षीय दीपक महर्जन, काठमाडौं कालिमाटीका ४८ वर्षीय विवेक महर्जन र काठमाडौं डल्लुकै ५२ वर्षीय प्रकाश शाही छन् ।

काठमाडौं महानगरपालिका-४ चुनदेवीस्थित यमकुमारी आलेको घरमा तासजुवा खेलेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

उनीहरुबाट १० लाख ११ हजार रुपैयाँ बरामद भएको छ । जुवा खेल्न प्रयोग भएको १३ वटा ओखर पनि बरामद गरिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083