डीआईजी चन्द्र कुवेर खापुङद्धारा नव-निर्मित प्रहरी आवास भवनको समुद्धघाटन

4.06K
shares

इलाम । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यतामा  नव-निर्मित प्रहरी आवास भवनको  उद्धघाटन कार्यक्रम’ सम्पन्न भएको छ ।

कोशी प्रदेश सरकारको विनियोजित बजेट तथा कोशी प्रदेश प्रहरी कार्यालय भौतिक पुर्वाधार शाखाको समन्वयमा इलाका प्रहरी कार्यालय पशुपतिनगर इलाममा निर्माण सम्पन्न महिला प्रहरी आवास गृहको समुद्धघाटन भएको हो।

May be an image of 6 people and text

समुद्धघाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल, सिनियर /जुनियर प्रहरी अधिकृतहरु,स्थानिय जनप्रतिनिधीहरु लगाएतको उपस्थिती रहेको थियो ।