एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु
वि.सं.२०८१ साउन २३ बुधवार १५:३०
3.47K
shares
shares

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ ।
हेलिकप्टर पाइलट अरुण मल्ल बाहेक अरु चार जना चिनियाँ नागरिक रहेका छन् ।















