नेपाल प्रहरीका नवनियुक्त ९६ इन्स्पेक्टरको पदस्थापन

3.47K
shares

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको पदस्थापन गरिएको छ । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयानुसार ९६ जना इन्स्पेक्टरको पदस्थापन गरिएको हो ।

उनीहरुलाई गृह मन्त्रालयले यही साउन ३ गते बैठकले ९ गतेदेखि लागू हुने गरी जनपद प्रहरी समूहतर्फको प्रहरी निरीक्षक पदमा नयाँ नियुक्ती दिएको थियो ।

उनीहरुलाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) बमोजिम प्रचलित नियमानुसार तलब, भत्ता खान पाउने गरी पदस्थापना गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।