नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको आयोजना रक्तदान कार्यक्रम सम्पन्न
वि.सं.२०८१ साउन २७ आइतवार १५:३८
shares

बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी श्रीमती संघको “४० औं” वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी श्रीमती संघको “४० औं” वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा भएको रक्तदान कार्यक्रममा प्रदेश प्रहरी प्रमुख चन्द्र कुवेर खापुङ सहित ३५ जना प्रहरी कर्मचारीहरु तथा संघका पदाधिकारीहरु समेतले रक्तदान गरेका थिए ।

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी बिरानगरको सहकार्यमा भएको रक्तदान कार्यक्रममा सिनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरु, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी कोषाअध्यक्ष सुमित्रा अधिकारी तथा संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


































