“सर्बजनिक सवारी साधनहरुमा भाडादर छुट सम्बन्धमा सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न”

4.06K
shares

काठमाडौ । ” सर्बजनिक सवारी साधनहरुमा भाडादर छुट र आरक्षण सिटको व्यवस्थापन सम्बन्धमा सरोकारवाला निकायहरुसंग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न” भएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुका लागि सार्वजनिक सवारी साधनमा आरक्षित सिटको व्यवस्था,नेपाल सरकारले तोके बमोजिमको भाडादरमा ५०% छुटको व्यवस्था,आपाङगता भएको व्यक्ति,जेष्ट नागरिक,अशक्त,असहाय तथा विद्यार्थीहरुलाई उनिहरुको शारिरीक अवस्थाकै कारण हुन सक्ने अवहेलना सम्बन्धमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गोबिन्द राज काफ्लेको उपस्थितिमा जिल्ला स्थित सरोकारवाला निकायहरुका पदाधिकारीहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हाे ।

उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रतिनिधि,जिल्ला स्थित बिभिन्न यातायात व्यवसायी संघका पदाधिकारीहरुहरु,जेष्ठ नागरिक सेवा समाजका अध्यक्ष,जिल्ला स्थित अपाङ्गताको क्षेत्रमा कृयाशिल पदाधिकारीहरु, बिभिन्न बिधार्थी संघ/संगठनका पदाधिकारीहरु लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधीहरूको सहभागिता रहेको थियो ।

सार्वजनिक सवारी साधनमा आरक्षित सिटको व्यवस्था मिलाउने,नेपाल सरकारले तोके बमोजिमको भाडादरमा ५०% छुटको व्यवस्थालाई कार्यान्वयन गर्ने,आपाङगता भएको व्यक्ति,जेष्ट नागरिक,अशक्त,असहाय तथा विद्यार्थीहरुलाई उनिहरुको शारिरीक अवस्थाकै कारण हुन सक्ने अवहेलना जस्ता कार्यहरु नगर्ने,टिकट काउन्टरहरूले अनिवार्यरुपमा यात्रु चलानी कागज बनाई यात्राको क्रममा सम्बन्धित सवारी साधन पक्षले साथमा बोक्नु पर्ने लगायतका बिषयमा निर्णय सहित कार्यक्रम सम्पन्न भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083