‘अन्तर्राष्ट्रिय कभर्डहल बनाउँछौं’ : प्रधानमन्त्री

3.28K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महिला भलिबल टिमका खेलाडीसँग अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ब्रेकफास्टसँगै करिब दुुई घण्टा राष्ट्रिय टिमसँग कुराकानी गरेका प्रधानमन्त्री ओलीले थप खेलकुद पूर्वाधार विकास गर्ने प्रतिबद्धता जनाएका हुन् ।

भेटमा हासिल भएका उपलब्धी, आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजयको सुनिश्चितताबारे छलफल भएको थियो । प्रधानमन्त्री ओलीसँगको छलफलमा सो टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी थिए ।

प्रधानमन्त्री ओलीले दुुई साताअघि भएको ‘काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिता’को फाइनल हेर्न चाहे पनि मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण जान नसकेको बताएका थिए ।

खेलाडीका प्रगति, चाहना र मागबारे आफूू जानकार रहेको भन्दै प्रधानमन्त्री ओलीले प्रतियोगिताका उपविजेता खेलाडीलाई नेपाल सरकारले जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिए ।

‘तपाईंहरुलाई थाहा छ कि सरकारको ढुकुुटीमा धेरै रकम छैन, तर हामी गर्नैपर्ने कामहरु गर्नेछौं,’ ओलीले भने, ‘आगामी खेलमा जित्छौं भन्ने तपाईंहरुको मनोबल छ, त्यो साकार होस् ।’

प्रधानमन्त्री ओलीले गत महिना नेपालमा रहेका रसियाली महिला भलिबल खेलाडीले आफूूसँगकोे भेटमा नेपाली टिमको प्रशंसा गरेको स्मरण गर्दै विश्वस्तरका खेलाडीबाट भएको प्रशंसाभित्र नेपाली टिमको सम्भावना लुकेको बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083