राष्ट्रिय अनुसन्धान विभागका एसएसपीहरुको सरुवाको तयारी

3.41K
shares

काठमाडौं । नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका एसएसपीहरुको सरुवाको तयारी थालिएको छ। केही समय अगाडिमात्रै प्रदेश कार्यालयका हाकिम तथा डिआईजीहरुको सरुवा गरिएको थियो।

अब डिआईजीपछि एसएसपीहरुको सरुवाको पालो आएको बताइएको छ। विभागका चिफ हुतराज थापाको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सरुवा गर्ने छन्।

विशेष : अब हुने सरुवाका लागि एसएसपीहरुले दौडधुप बढाएका छन्। गुप्तचरका लागि दिल्लीस्थित नेपाली राजदूतावास राम्रो आम्दानी हुने ठाउँ हो। सो स्थानमा जान अहिले थुप्रै एसएसपी धाइरहेका छन्।

त्यहाँ जान एसएसपी विकास पाण्डे, पप्पु शर्मा पौडेल, भूमी पाठक लगायतले खोजेका छन्। अहिले नयाँ दिल्लीमा एसएसपी राजन उप्रेती कार्यरत छन्। विदेशको एकमात्र पोष्टिङ र डलरमा तलब पाउने गुप्तचर हाकिम भएकाले त्यहाँ जान हानथाप हुने गर्दछ।

यस्तै मुख्यालयमा कार्यरत एसएसपी नवीन अधिकारीले भने काठमाडौं जिल्ला प्रमुखको जिम्मेवारी लिन खोजेको बताइन्छ। त्यहीँ जान रिवेन्द्र गच्छदार पनि चाहेका छन्। यसैगरी दाङका नरेश शाहले पनि काठमाडौं जिल्लामा चासो देखाएको बुझिएको छ। त्यस्तै ललितपुर र काठमाडौंमध्ये एक ठाउँमा सरुवा गर्नुपर्ने पप्पु शर्माको माग छ।

यस्तै एसएसपी नरेन्द्र दाहाल र विष्णुमणि आचार्यको पनि सरुवा हुनसक्ने जनाइएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083