कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा ५ करोड बराबरको अवैध सामान बरामद

3.08K
shares

धनगढी । कञ्चनपुरमा चोरी तस्करी रोक्न सशस्त्र प्रहरीको भूमिका प्रभावकारी बन्दै गएको छ।

जिल्लाको सीमावर्ती क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीले भन्सार राजस्व चोरी, मानव तस्कर, लागुऔषध ओसारपसारका गैरकानुनी गतिविधि नियन्त्रण र सामान बरामद गर्दै आएको छ। सशस्त्र प्रहरीले अवैध सामान भन्सार चलान र लागुऔषध तस्कर, मानव तस्कर प्रहरीमा चलान गर्न सक्रिय देखिएको छ। पछिल्ला चार वर्षमा सशस्त्र प्रहरीले राजस्व संकलनमा उल्लेख्य प्रगति हासिल गरेको छ।

कञ्चनपुरस्थिति सशस्त्र प्रहरी बल नेपाल, ३५ नम्बर गण शैलेश्वरीको तथ्यांकअनुसार पछिल्ला चार आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सबैभन्दा बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा चार करोड ७६ लाख ७९ हजार मूल्यको अबैध सामान बरामद गरेर भन्सार चलान गरेको छ।

आर्थिक वर्ष २०७७/७८ मा चार करोड १३ लाख, ३२ हजार ९९०, आर्थिक वर्ष २०७८/७९ मा दुई करोड ७० लाख, ११ हजार ७८५, आर्थिक वर्ष २०७९/८० मा तीन करोड २३ लाख १५ हजार ५७७ मूल्यको अबैध सामान बरामद गरेर भन्सार चलान गरिएको छ। सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्दले भन्सार चोरी तस्करीविरुद्धमा शून्य सहनशीलता नीतिअनुरूप काम भइरहको बताए।

गत आर्थिक वर्षमा चोरी तस्करीमा संलग्न एक टिपर, एक बोलेरो र ८० मोटरसाइकलसमेत बरामद गरिएको उनले बताए। सशस्त्र प्रहरीले कञ्चनपुरमा लागऔषध एवं मानव तस्करसमेत पक्राउ गरेको छ। लागुऔषधसहित २१ र मानव ओसारपसारमा संलग्न २० महिला र १७ पुरुष गरी ३७ जनालाई नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083