१४ लाख अवैध रकमसहित ३ जना पक्राउ

2.3K
shares

सिरहा । सिरहाबाट स्रोत नखुलेको अवैध रकमसहित तीन जना पक्राउ परेका छन् । सिरहा प्रहरीले गत शुक्रबार नै उनीहरूलाई अवैध रकमसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका-१० का ५७ वर्षीय मजित मियाँ, सोही ठाउँ बस्ने वर्ष २८ का मोहम्मद अलाहउद्दिन र २३ वर्षीय अजय चौधरी छन् ।

सखुवानन्कारकट्टी गाउँपालिका-५ बाट पक्राउ परेका उनीहरूको साथबाट स्रोत नखुलेको १४ लाख १९ हजार ८ सय ९० नेपाली र ४ सय भारतीय रुपैयाँ बरामद भएको सिरहा प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीले उनीहरू सबार भएर आएको स ९ प ११६२ नम्बरको मोटरसाइकल र तीन थान मोबाइल पनि नियन्त्रणमा रहेको जनाएको छ ।

अदालतबाट हुण्डीसम्बन्धी कसुर मुद्दामा ५ दिनको म्याद लिएर यस विषय थप अनुसन्धान कार्य भइरहेको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।