नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन टोलीद्वारा लुम्बिनी प्रदेश प्रहरी कार्यालयको निरीक्षण

7.59K
shares

दाङ। केन्द्रीय कार्य दक्षता मूल्याङ्कन समितिका संयोजक एवम् राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जका एआईजी सुदिप गिरी सहितको निरीक्षण टोलीद्वारा लुम्बिनी प्रदेश प्रहरी कार्यालयको निरीक्षण गरेका छन् ।

May be an image of 4 people and text

नेपाल प्रहरीको सेवा प्रभावकारिताको मूल्याङ्कन गर्न तथा साङ्गठनिक सुधारका प्रयासहरूमा असल अभ्यास सहित पृष्ठपोषण गर्ने उद्देश्य अनुरूप सञ्चालन गरिएको “नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton), २०८१” को कार्यतालिका बमोजिम  लुम्बिनी प्रदेश प्रहरी कार्यालयको भौतिक पूर्वाधारहरूको अवस्था एवम् संरचना निर्माण, उपलब्ध साधनस्रोतहरूको व्यवस्थापन र सदुपयोग, लुम्बिनी प्रदेशको शान्ति सुरक्षा र अपराध अनुसन्धानको अवस्था, यस कार्यालयबाट भए गरेका सिर्जनशील एवम् रचनात्मक कार्यहरूका साथै सम्पूर्ण शाखाहरूबाट सम्पादित कार्यहरू, सेवा प्रवाहको अवस्था र अभिलेख व्यवस्थापन समेतका विषयमा अनुगमन मूल्याङ्कन कार्य सम्पन्न भएको थियो।