प्रहरी वृत्त नयाँ बानेश्वरका कार्यालय प्रमुख डिएसपी बिरेन्द्र गोदारकाे प्रमुख आतिथ्यतामा ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

4.91K
shares

काठमाडौ । प्रहरी वृत्त नयाँ बानेश्वरका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) बिरेन्द्र गोदारकाे प्रमुख आतिथ्यतामा ‘ट्राफिक लाईट सम्बन्धि सचेतना मुलक प्रशिक्षण’ कार्यक्रम सम्पन्न भएको छ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी वृत्त नयाँबानेश्वर, सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर ३१ र लायन्स क्लव अफ काठमाण्डौँको संयुक्त आयोजना साथै काठमाडौ महानगरपालिका ३१ वडा बानेश्वर स्थित बानेश्वर बहुमुखी क्याम्पसको सहकार्यमा सोही क्यम्पसको सभाहलमा प्रधानाध्यापक प्रा.डा. धमान सिंह खड्काकाे अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हाे ।

लायन्स क्लव अफ काठमाण्डौँ‌का अध्यक्ष  गोविन्द गौतम लगाएत अन्य सदस्यहरू, क्याम्पसका प्राध्यापकहरू, +२ र Bachelor तहका बिद्यार्थीहरू साथै बिभिन्न संघ संस्थाका प्रतिनिधि र स्थानियहरूको समेत सहभागितामा सडक अनुशासन, ट्राफिक नियम, ट्राफिक व्यवस्थापन लगाएत सडक सुरक्षा सम्बन्धि कानुनी बिषयमा काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाण्डौका प्रशिक्षक प्रहरी नायब निरीक्षक हिमाल थापाद्धारा भिडियो डकुमेन्ट्रि सहितको सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियाे ।