“Police Leadership and Staff Course” सम्बन्धी Faculty/Subject Expert Discussion Seminar कार्यक्रम सम्पन्न
वि.सं.२०८१ मंसिर ७ शुक्रवार २१:५८
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको आयोजनामा “Police Leadership and Staff Course” सम्बन्धी Faculty/Subject Expert Discussion Seminar कार्यक्रम सम्पन्न भएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं. ०१ स्थित Lemon Tree Premier Hotel मा नेपाल प्रहरी स्टाफ कलेजको अवधारणा अन्तर्गतको “Police Leadership and Staff Course” सम्बन्धी Faculty/Subject Expert Discussion Seminar सम्पन्न भएको हाे।
उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्मा, सहायक डिन लगायत अन्य विषय विज्ञ प्राध्यापकहरु, नेपाली सेनाका अवकाश प्राप्त रथी सरद गिरी, अवकास प्राप्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, अवकास प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी. , अवकास प्राप्त प्रहरी नायव महानिरीक्षक, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, प्रतिष्ठानका सह-निर्देशक, उप-निर्देशक लगायत सिनियर प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा Police Leadership and Staff Course सम्बन्धी विविध बिषयमा प्रतिष्ठानका निर्देशक प्र.ना.म.नि. डा. मनोज कुमार के.सी., उप-निर्देशक प्र.उ. बेद बिष्ट, प्र.ना.उ. पुरुषोत्तम खड्का तथा प्र.नि. उमेश गुरुङ्ग श्रेष्ठले प्रस्तुतिकरण गर्नु भयो र उपस्थित विज्ञहरुले आ-आफ्नो राय, सुझाव, सल्लाहहरु व्यक्त गर्नु भएको थियो ।




















