सल्यानमा सहिदको सम्मान गर्दै अखिल क्रान्तिकारीद्वारा दिप प्रज्वलन
वि.सं.२०८१ मंसिर ८ शनिवार ०९:५१
4.89K
shares
shares

सल्लाह । सल्यानमा सहिदको सम्मान गर्दै अखिल क्रान्तिकारीद्वारा दिप प्रज्वलन कार्यक्रम गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य हरी प्रकाश बुढाथोकीले शहिदको बलिदानका कारण देशमा अहिलेको परविर्तन भएको बताए ।
उनले सहिदको बलिदानीले देशमा लोकतान्त्रिक गणतन्त्र र संघीयता आएको भन्दै समाजवादको यात्रामा हिड्नुपर्ने बताए । कार्यक्रमलाई सम्बोधनका क्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रमेश बुढाथोकीले सहिदको बलिदानीलाई उच्च मुल्यांकन गर्दै अवका युवाहरू परिवर्तनका मुद्दा बोकी क्रान्तिमा लाग्नुपर्ने बताए ।
जिल्ला अध्यक्ष गणेश वलीले संचालन गरेको कार्यक्रममा नेताहरू नवीन भडेल, हिमाल यात्री, मोहन बुढाथोकी र युवा विद्यार्थीको सहभागिता रहेको थियो ।





























