बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

4.94K
shares

रुपन्देही ।  गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा सन्चालन अन्तरक्रिया कार्यक्रममा संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले विश्वका डेढ अर्ब बढि बुद्धमार्गीहरुको आस्थाको केन्द्रका रुपमा लुम्बिनी रहेकाले बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुने बताए ।
उनले बुद्धिष्ट राष्ट्रका उच्च पदस्थहरुसँगको भेटघाटमा विमान चलाउनका लागि आफुले आग्रह गरेको बताउँदै यसका लागि मन्त्रिपरिषद र मन्त्री तहबाट पहल हुनुपर्नेमा जोड दिए । उपाध्यक्ष डा लामाले लुम्बिनी विकास कोषमा आफू आएदेखि २१ वटा विभिन्न बौद्ध पूजाहरु भएकाले अब लुम्बिनीमा यस्ता गतिविधि बढाउनका लागि स्थानीय, होटल व्यवसायी र सबै पक्षलाई सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा सँस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्व विमानस्थलबाट हुने अन्तराष्ट्रिय उडान दिगो हुने बताएका छन् । सिद्वार्थ उद्योग बाणिज्य संघ रूपन्देहीले शनिवार भैरहवामा आयोजना गरेको गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालन सम्बन्धि अन्तरक्रियामा व्यवसायिहरूले आशंका गरेपछि मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिबद्धता जनाए ।