प्रहरी निरीक्षक दल कुमार राईकाे प्रमुख आतिथ्यतामा साईबर सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

2.72K
shares

काठमाडौ । प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक दल कुमार राईकाे प्रमुख आतिथ्यतामा   साईबर सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न ।

“समुदाय प्रहरी साझेदारी कार्यक्रम”अन्तर्गत  सामुदायिक सेवा तथा विकास समाज एंव सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर-३२ र प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा कोटेश्वर स्थितमा रहेको  हिमालयन स्कुलमा उक्त स्कुलका प्रधानाध्यापक रामहरी सिलवालकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे ।

प्रमुख अतिथीद्वारा सकेसम्म कुनै अपराधिक क्रियाकलापमा नपर्ने, अनावश्यक गतिविधी नगर्ने, कुनै पनि अपराधिक गतिविधी देखेमा तुरुन्तै प्रहरीलाई समयमै खबर गर्ने जस्ता कुराहरुमा आफ्नो मन्तव्य राख्नु भएको थियो भने सो स्कुलका प्रधानाध्यापकले धन्यवाद सहित कार्यक्रम समापन गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी साइबर ब्युरोमा कार्यरत्त प्र.स.नि. युरेन्द्र खकुरेल,  सा.प्र.से.के.का प्रमुख तारा खत्रीकाे विशेष आतिथ्यता रहेको थियाे ।

उक्त कार्यक्रममा प्रशिक्षकबाट साइबर क्राइमबाट कसरी बच्ने, सावधानीका उपायहरू, साइबर बुलिङ, साइबर गेमिङ, साइबर हैकिङ्ग, र कानुनी प्रावधान तथा विधार्थीहरुले सोधेको प्रश्नहरुको जवाफ सहित प्रशिक्षण गर्नुभएको थियो ।