डीआईजी बढुवा प्रकरणमा राजनितीक हस्तक्षप : आईजीपीका हुनेवाला सम्धीदेखि काँग्रेससम्म

3.34K
shares

आइतबार बेलुका बसेको बढुवा समितिको बैठकले जनपदतर्फ रिक्त ८ डीआईजीमा बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एआईजी टेकप्रसाद राईले जानकारी दिए।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको ब्याचका तीन जना र राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा ल्याइएको टोलीबाट ५ जना डीआईजीमा बढुवा भएका हुन्।

जसअनुसार पहिलो नम्बरमा ध्रुबराज राउत, दोस्रोमा भोलाबहादुर रावल, तेस्रोमा गणेश चन्द, चौथोमा सिद्धिविक्रम शाह, पाँचौमा सुशील सिंह राठौर, छैटौंमा उमाप्रसाद चतुरवेदी, सातौंमा हिमालय कुमार श्रेष्ठ र आठौंमा डम्बर बहादुर बिक रहेका छन्।

 

स्रोतका अनुसार बढुवा सिफारिस भएका ध्रुब नेपाल प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरका ब्याचमेट हुन् भने दोस्रो नम्बरमा परेका रावल आइजीका हुनेवाला आफ्नै छोराका ससुरा तथा भावी सम्धी हुन्।

स्रोतका अनुसार आइजीको कान्छो छोराले भोलाकी छोरीसँग लभ गरेको र हुनेवाला सम्धी बन्ने कुरो पक्काजस्तै छ। उता आईजीले जोड गरेका एसएसपी दिनेश आचार्य भने बढुवामा छुटेका छन्। त्यस्तै तेस्रो नम्बरमा भने कञ्चनपुरका गृहमन्त्री रमेश लेखकका जिल्लाका गणेश चन्द सिफारिसमा परेका छन्।

त्यस्तै भूतपूर्व महानिरीक्षक धिरजप्रताप सिंहका नातेदार सिद्धिविक्रम शाह पनि बढुवाको सिफारिसमा परेका छन्। कालो काङ्ग्रेस भनेर चिनिने उनी बूढानीलकण्ठको जोडबलमा आएको बताइन्छ।

त्यस्तै काङ्ग्रेसकै नेताहरुको जोडबलमा राम्रो मान्छे भनेर चिनिएका उमा चतुरवेदी र सुशील सिंह राठौर पनि बढुवामा अटाएका छन्। त्यसबाहेक बढुवा सिफारिसमा परेका २ जना भने सोझा प्रहरीको रुपमा चिनिएका पात्र हुन्।