अल्पसंख्यक नागरिकहरुसँग प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

3.51K
shares

धनुषा ।  जिल्ला प्रहरी कार्यालय धनुषाको आयोजनामा प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीकाे प्रमुख आतिथ्यतामा अल्पसंख्यक सँग प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ ।

धनुषा जिल्ला विदेह नगरपालिका वडा नं. ०२ स्थित पुरानो दुर्गा मन्दिरको प्रङ्गनमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अल्पसंख्यक नागरिकहरुसँग उक्त कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा नगरपालिकाका नगर उप-प्रमुख आशा देवी झा, शस्त्र प्रहरी बल प्रस्तावित गुल्म महिनाथपुर, धनुषाबाट शस्त्र प्रहरी नायव उपरीक्षक शंकर दत तिवारी वडाको वडा अध्यक्ष राम पुकार सहनी, स्थानिय,  समाजसेवी, बुद्धिजिविहरु लगाएतकाे उपस्थिति रहेको थियाे ।