काठमाडौँ परिसर प्रमुख एसएसपी रजौरेद्वारा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

3.91K
shares

काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त  रजौरेकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत कर्मचारी प्रशासन शाखा, नक्सालको पत्रले प्रहरी नायव निरीक्षकबाट प्रहरी वरिष्ठ नायव निरीक्षक तथा प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा भएका प्रहरी कर्मचारीहरुलाई जिल्ला प्रहरी परिसर, काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरे र प्रहरी एसपी नवराज अधिकारीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएको हाे।

उक्त कार्यक्रममा प्रहरी एसएसपी बसन्त रजौरेले पदोन्नती हुनु भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरि बधाई तथा शुभ कामना दिनुका साथै थपिएको नयाँ जिम्मेवारी अनुशासित, इमान्दार, कर्तव्यनिष्ठ भई राज्य, संगठन र जनताप्रति इमान्दार भएर कार्य सम्पादन गर्न हुन समेत निर्देशन दिनु भएकाे थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083