“अप्रेशनल कमाण्ड तथा व्यवस्थापन (OCM Level-II) तालिम” २४ औं समूहको अन्तर्क्रिया तथा समापन कार्यक्रम सम्पन्न
वि.सं.२०८१ मंसिर २४ सोमवार १९:१२
shares

काठमाडौ । “अप्रेशनल कमाण्ड तथा व्यवस्थापन (OCM Level-II) तालिम” २४ औं समूहको अन्तर्क्रिया तथा समापन कार्यक्रम सम्पन्नः भएको छ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा संचालन भएको अप्रेशनल कमाण्ड तथा व्यवस्थापन (OCM Level-II) तालिम” २४ औं समूहको यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएकाे हाे ।
अन्तरक्रियाको क्रममा प्रशिक्षार्थीहरूको सुझावहरू ग्रहण गर्नुका साथै तालिम व्यवस्थापन र वर्तमान अवस्थाका प्रहरीका कमाण्ड चुनौतीका सम्बन्धमा आएका जिज्ञासाहरू सम्बोधन गर्नु भएको थियो ।
प्रमुख अथितिले दिक्षित भई जाने प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र वितरण एवं उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्ने क्रममा अहिलेको समय भनेको सामाजिक वातावरणिय अवस्थालाई मध्यनजर गरी Proactive Policing समेत गर्दै श्रीवृद्धि गराउने कुरामा जोड दिनु भयो साथै तालिमको दौरानमा सिकेका सैद्धान्तिक तथा व्यावहारिक ज्ञानले प्रशिक्षार्थीहरूको कमाण्ड व्यवस्थापनलाई थप मजबुत बनाउने जसबाट संगठनको आन्तरिक शुद्धिकरण र सुद्धिकरण गर्नको निमित्त मद्धत पुग्न सक्ने व्यहोरा समेत जानकारी गराउनु भएको थियो ।
उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानार्चाय, उप निर्देशकहरू लगायत अन्य सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृत एवं प्रशिक्षक वर्गको समेत उपस्थित रहेको थियो ।

































