लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
वि.सं.२०८१ मंसिर २४ सोमवार १९:२१
shares

काठमाडौ । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुढानिलकण्ठ नगरपालिका वडा नं. ०४ पासिकोट स्थित Mothers Castle School मा प्रहरी वृत महाराजगंज, प्रहरी प्रभाग बुढानिलकण्ठ र सामुदायिक प्रहरी सेवा केन्द्रको सयुक्त आयोजनामा बुढानिलकण्ठ नगरपालिका वडा न. ४ का अध्यक्ष श्रीराम के.सीको सभाध्यतामा, जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेको प्रमुख आतिथ्यतामा, बुढानिलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामाकाे बिशेष आतिथ्यतामा, लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हाे।
उक्त कार्यक्रममा प्रहरी वृत्त महारागंजका प्र.ना.उ रबिन्द्रनाथ पौडेल, प्रहरी प्रभाग बुढानिलकण्ठका प्र.नि सुरेश खत्री, बु.न.पा. महिला तथा बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख पुष्पा वम , वडाका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यार्थी , विभिन्न महिला समुह, आमा समुह नागरीक समाज विभिन्न सुधार गृह र स्थानिय क्लबका प्रतिनिधि गरी जम्मा २०० जनाको सहभागिता कार्यक्रम सम्पन्न गरिएको थियोे ।

































