गण्डकी प्रदेश प्रहरी प्रमुख भोला बहादुर रावलद्वारा पदभार ग्रहण
वि.सं.२०८१ पुस ४ बिहीवार १७:५०
shares

पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भोला बहादुर रावलले गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेका छन्।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भएका प्रहरी नायव महानिरीक्षक भोला बहादुर रावलले गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेका हुन्।
गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएका प्रहरी नायव महानिरीक्षक रावललाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु र पोखरा उपत्यका स्थित मातहत कार्यालय प्रमुखहरुले पुष्प गुच्छा सहित स्वागत गर्नुभएको थियो ।
स्वागत तथा पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक रावलले गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरु र उपस्थित कार्यालय प्रमुखहरूलाई प्रदेशको शान्ति सुरक्षामा प्रहरी प्रभावकारीतालाई थप गर्न संगठनको मुल्य मान्यतालाई आत्मसाथ गरी त्रुटिरहित तवरले कार्य सम्पादन गर्न निर्देशन समेत दिनुभएको थियो ।
















