रुवी भ्यालीमा सशस्त्र प्रहरी बलको बीओपी स्थापना हुँदै

4.34K
shares

धादिङ । रुवी भ्याली गाउँपालिकामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना हुने भएको छ । बिहिवार छिमेकी रास्ट्र चीनसंग सिमाना रहेको रुवी भ्याली गाउँपालिकाको पदाधिकारी र सशस्त्र प्रहरी बल ३ नं. गढीमाई बाहिनिपति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर बीच भेट वार्ता भएको छ ।

उक्त अनौपचारिक भेटवार्तामा समग्र रुवी भ्यालीको विकास निर्माण संगै सीमा क्षेत्रका सुरक्षालाई प्रभावकारी बनाउन र चोरी तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा बीओपी स्थापना गर्न लागिएको रुवी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले बताए ।

बीओपी स्थापनापछि सीमा क्षेत्रको सुरक्षा मजबुत हुने र चोरी तस्करीमा कमी आउने दावी सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताए ।