न्यानो कपडा कम्बल बितरण कार्यक्रम सम्पन्न

3.09K
shares

बिराटनगर ।  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा तथा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेको विशिष्ट आतिथ्यतामा न्यानो कपडा कम्बल बितरण  न्यानो कपडा कम्बल बितरण कार्यक्रम सम्पन्न भएको छ।

 

मोरङको बिरानटनगर महानगरपालिका-१६ स्थित दुर्गा मन्दिर परिसरमा सामुदायिक प्रहरी सेवा केन्द्र रानीको आयोजनामा न्यानो कपडा कम्बल बितरण गरिएको हाे ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत भएको उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय रानीको सहकार्यमा संचालन भएको उक्त कार्यक्रममा बिराटनगर महानगरपालिका १२,१३,१४,१५,१६ र १७ नम्वर वडामा वसोवास गर्ने अल्पसंख्यक, जेष्ठ नागरिक, फरक क्षमता भएका र एकल महिलाहरु समेत २ सय जनालाई न्यानो कपडा कम्बल वितरण गरिएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रदेश प्रहरी प्रमुख राजन अधिकारीले हामी बिभिन्न जातजाती, भाषा, धर्म र सस्कृतिको भएता पनि समाजमा भावनात्मक रुपमा सबै समान रहेको हुँदा एक ले अर्कोलाई सकेको सहयोग गर्नु, हामीमा प्रेमको भाव हुनु मानव जातिको परम धर्म र कर्तब्य रहेको बताउनु हुँदै हाम्रो समाज बिभिन्न समस्या र अभावहरुसँग लडिरहेको अवस्थामा मानव सेवामा समर्पित न्यानो कपडा बितरण पुन्य कर्म रहेकोले यस्ता किसिमका समाजसेवी कार्यहरुमा विभिन्न संघ संस्थाहरुसंग समन्वय र सहकार्य गरी कोशी प्रदेश प्रहरी निरन्तर मानव सेवामा लागिरहने बताउनु भयो ।

साथै उहाँले यस पुनित कार्यमा सहयोग पुर्‍याउनु हुने सामुदायिक सेवा केन्द्र रानी र समित शारडा स्मृती प्रतिष्ठानलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्री, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, सामुदायिक सेवा केन्द्र रानीका अध्यक्ष किशोर सुव्वा, समित शारडा स्मृति प्रतिष्ठानका अध्यक्ष श्री निवास सारडा, बिराटनगर महानगरपालिका १५ र १६ का वडा अध्यक्ष, स्थानियबासी, संचारकर्मी लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083