जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा अल्पसंख्यकसँग प्रहरी कार्यक्रम सम्पन्न

6.34K
shares

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महनिरीक्षक राजन अधिकारीकाे प्रमुख आतिथ्यतामा अल्पसंख्यकसंग प्रहरी कार्यक्रम सम्पन्न भएको छ।

 

मोरङ जिल्ला  मिक्लाजुङ गाँउपालिका वडा नं.९ मा “अल्पसंख्यक सँग प्रहरी” कार्यक्रम गाँउपालिकाको सभाहलमा जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा इलाका प्रहरी कार्यालय उर्लाबारीको समन्वय तथा मिक्लाजुङ गाउँपालिकाको सहकार्यमा उक्त कार्यक्रम भएको हाे ।

अल्पसंख्यक सामुदायका ८० घरधुरीलाई न्यानो कपडा (ज्याकेट) वितरण गरी अल्पसंख्यक समुदायसँग अन्तर्क्रिया कार्यक्रम समेत भएको थियाे ।

 

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, मिक्लाजुङ गाँउपालिकाका प्रमुख वविकुमार राई, स्थानिय जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, संघ संस्थाका प्रतिनिधी, पत्रकार, , वुद्दिजीवि, समाजसेवी र स्थानियवासीहरु लगाएतकाे उपस्थिती रहेको थियोे ।