ललितपुर प्रहरी परिसरद्वारा पुष महिनाको “Police of The Month” घोषणा

2.72K
shares

काठमाडौँ  नेपाल प्रहरी संगठनले अपराध अनुसन्धान, नियन्त्रण तथा प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्दै नागरिकलाई सुरक्षाको अनुभूति गराउने प्रहरी अधिकारीहरूलाई सम्मान गर्ने उद्देश्यले पुष महिनाको “Police of The Month” घोषणा गरेको छ।

प्रहरी प्रभाग, धापाखेल, ललितपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक राम बिष्टलाई २०८१ साल पुष महिनाको “Police of The Month” घोषित गर्दै नगद पुरस्कारसहित सम्मान गरिएको छ। ललितपुर प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले बिष्टलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गर्नुभएको हो ।

त्यसैगरी, आफ्नो पेशाप्रति समर्पित रही लगनशील, निष्ठावान रूपमा उत्कृष्ट कार्यसम्पादन गर्ने दुई जना प्रहरी कर्मचारीहरूलाई पनि नगद पुरस्कारसहित प्रोत्साहित गरिएको छ। सम्मानित प्रहरीहरू हुन्: प्रहरी वृत्त, चापागाउँमा कार्यरत प्रहरी सहायक निरीक्षक उमानन्द पौडेल र प्रहरी प्रभाग, चुनिखेलमा कार्यरत प्रहरी जवान गणेशमान ढकाल । 

प्रहरी संगठनले अपराध नियन्त्रण तथा अनुसन्धानमा उल्लेखनीय योगदान पु¥याउने प्रहरी अधिकारीहरूलाई प्रत्येक महिनाको “Police of The Month” घोषणा गर्दै आएको छ। यस प्रकारका सम्मानले प्रहरी कर्मचारीहरूलाई अझै जिम्मेवार, निष्ठावान, तथा सेवामुखी हुन प्रेरणा मिल्ने विश्वास गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083